Rule 49
जानकारी दिनु पर्ने
(१) वित्तीय जानकारी इकाईबाट सम्प्रेषित सूचना उपरको कारबाहीका सम्बन्धमा सम्बन्धित निकायले वित्तीय जानकारी इकाईलाई पृष्ठपोषण दिनु पर्नेछ ।
(२) वित्तीय जानकारी इकाईले कुनै सूचक संस्थाको विरुद्ध कारबाही गरेमा सो को जानकारी सम्बन्धित नियमनकारी निकायलाई दिनु पर्नेछ ।
(३) नियमनकारी निकायले कुनै सूचक संस्थालाई ऐन बमोजिम कारबाही गरेमा सो को जानकारी वित्तीय जानकारी इकाई र विभागलाई दिनु पर्नेछ ।